आफ्नै कीर्तिमानमा सुधार गर्दै ७ दिनमा दोस्रो पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा

काठमाडौं, जेठ । सात दिनको अन्तरालमा दुई पटक विश्वको सर्वोचच शिखर सगरमाथाको आरोहण गरेर कामिरिता शेर्पाले आफ्नो कीर्तिमानमा सुधार गरेका छन् । कामिरिता शेर्पा सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । उनले गएको बुधबार बिहान २३ औँ पटक सगरमाथाको शिखरमा पाइला टेकेर नयाँ कीर्तिमान बनाएका थिए ।


त्यसको सातौँ दिन अर्थात मंगलबार बिहान उनले फेरि सगरमाथाको सफल आरोहण गरेका छन् । उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेट जाँदा २४ औँ पटक आरोहण गर्दै नयाँ कीर्तिमान बनाएको पर्यटन विभागले जनाएको छ । शेर्पाले २५ वर्षको अवधिमा २४ पटक सर्वोच्च शिखरमा पाइला टेकेका हुन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका उनले २५ पटकसम्म आरोहण गर्ने लक्ष्य रहेको बताउँदै आएका छन् ।


सगरमाथा सर्वाधिकपटक आरोहण गर्नेको सूचिमा दोस्रो स्थानमा ङिमा नुरु शेर्पा छन्, जसले २१ पटक आरोहण गरेका छन् र २२ औँ पटकको तयारीमा छन् ।

यस्तै आप्पा शेर्पा र फुर्वातासी शेर्पाले पनि २१ पटक आरोहण गरेका छन् । यसैगरि १९ पटक आरोहण गर्नेमा आङ दोर्जी शेर्पा, छेवाङ निमा शेर्पा र मिङ्मा छिरी शेर्पा रहेका छन् । उनले २५ पटक सगरमाथा चढेर सन्यास लिने यस अघि नै सार्वजनिक घोषणा गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...