पाँचथरको मिक्लाजुङमा २ परिवारका ९ जनाको सामूहिक हत्या

मृत्यु हुनेमा सात महिला, दुई पुरुष

पाँचथर । पाँचथरमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर भेटिएको वडाध्यक्ष हस्तराज फियाकले बताए ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षका सीता खजुम भागेर बाँच्न सफल भएकी छन् । उनको आरुबेटेको स्वास्थ्यचौकी अहिले उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवर र प्रहरी निरीक्षक अनिलकुमार पौडेलको नेतृत्वमा दुईवटा टोली घटनास्थल प्रस्थान गरेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...