घाँस काट्न गएको मौका छोपी जंगलमा दुई जना युवतीको बलात्कार

नवलपरासी । नवलपरासीको जंगलमा लगेर दुई जना युवतीको बलात्कार भएको छ ।  बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ । गण नजिकैको जंगलमा घाँस काट्न गएका दुई युवतीमाथि प्रहरी जवानले छुट्टाछुट्टै बलात्कार गरेका थिए ।

घटना भएको एक महिनापछि मात्र पीडितले प्रहरीसमक्ष जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विरेन्द्र थापाले बताए । घटना भए लगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताए । पीडित युवतीको उमेर २६ र १७ वर्ष छ ।

प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । मुद्दा चलाइएकामा डडेल्धुरा, मास्माण्डु गाउँपालिका– ८ का २५ वर्षीया प्रेम खड्का र दाङ,गडवा गाउँपालिका– ४ का २३ वर्षीया पाटेश्वर यादव छन् । उनीहरु दुवैलाई जर्बजस्ती करणीमा मुद्दा पक्रिया अघि बढाइएको नायब उपरीक्षक थापाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस