बैतडीमा जीप दुर्घटना ३ जनाको मृत्यु

बैतडी बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घनामा अन्य ३ जना घाइते भएका छन् । बैतडीको देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका– ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् भने एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका– १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका–१०का नवीन भट्ट घाइते भएका छन् ।

जीप दुर्घटनाको कारण भने खुलेको छैन् ।  घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । 


प्रतिकृया दिनुहोस