युवतीको लुगा फुकालेर ब्राले हात बाँधेर बलात्कार गर्न खोज्ने युवक पक्राउ

धनगढी । महिलालाई जंगलभित्र लगेर कपडा खोल्न लगाई बलात्कार गर्न खोजेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

 कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुर बस्ने २४ वर्षीय मनिष चौधरीलाई शुक्रबार राति कैलाली प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई प्रहरीले धनगढी उपमहानगरपालिका– ७ मनेहरा शिविरबाट पक्राउ गरेको जनाएको छ । 

चौधरीले फागुन १८ गते दिउँसो कैलारी गाउँपालिका ६ मसुरिया र कनरीबीचमा रहेको भरताल जंगलमा धारिलो हतियार चक्कु देखाई महिलामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए ।

उनका अनुसार चौधरीले पीडित महिलालाई जंगलभित्र लगी पीडितको सम्पूर्ण कपडा खोल्न लगाई ब्राले हात र आफूले लगाएको बेल्टले घाँटी बाँधी जबरजस्ती करणी प्रयास गरेका थिए।

पीडित महिलाले पैसाको प्रलोभन देखाएपछि चौधरी साइकल, मोबाइल र पैसा लिन गएको अवस्थामा पीडित त्यतबेलै भाग्न सफल भएकी थिइन् । प्रहरीले चौधरीलाई पक्राउ गर्दा लुटी लगेको मोबाइल बरामद गरेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...