कपिलवस्तुकी ६ वर्षीया बालिका ग्रीष्मालाई बचाउन सहयोगका लागि अपिल

कपिलवस्तु । कपिलवस्तुको तौलिहवाकी ६ वर्षीया ग्रीष्मा खनालको बोनम्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबुवाले सहयोगको अपिल गरेका छन् ।

हाल तौलिहवा बस्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका– ३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ वर्षीया छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपरेको हो ।

जन्मेको ३ महिनादेखि नै आफ्नो शरीरमा रगत नबन्दा अरूको रगतको सहारामा बाँचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।

नेपालसहित भारतका विभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरूले बोनम्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करीब ५० लाख खर्च लाग्ने डाक्टरहरूले बताएका छन् ।

५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकाले ग्रीष्माका आमाबुवाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् । सहयोगका लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन सकिने परिवारका सदस्यले जनाएका छन् ।

सम्पर्क फोनः ९८४५१०८७२७ (श्रीधर खनाल), ९८४७२४४५३४ (रेखा अधिकारी)

रकम सहयोगको खाता 

रेखा अधिकारी

एभरेष्ट बैंकः ०३८००५१७२०१९८४ (तौलिहवा शाखा)


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...