रुपन्देहीको शंकरपुरमा दिउँसै चल्यो गोली, १ जना घाइते

बुटवल । रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ । भारतबाट हतियारसहित नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले बिहीबार दिउँसो गोली चलाएको हो ।

प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन् । पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी हुन् । घाइते पक्राउ परेका धोबीका भतिज दिलिप हुन् । गोली लागेर घाइते भएका व्यक्तिलाई भने भारतीय पक्षले नै उठाएर लगेका छन् ।

प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ । आक्रमणमा ३ जना प्रहरी धाइते भएको छन् । पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए ।

सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीको दावी छ । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो ।’


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...