पीडामा जेनी : श्रीमानले माया गर्न भेट्न बोलाए अनि एसिड खन्याए

खुट्टाको खिल निकाल्ने भनेर पसलेसँग मागेको एसिड श्रीमतिको जिउमा

काठमाडौं । आर्थिक अवस्थ कमजोर भएकोले जेनी खड्का अश्राममा बसेर पढ्न थालिन । उनी कलिलै उमेरमा पारिवारिक स्नेहबाट टाढा भएकी थिइन् । आश्रममा बस्दा जेनी एक्लो भएको महशुस गर्थिन् ।

उनी एक मनको सुख दुःख पोख्ने साथिको खोजीमा तल्लीन थिइन् । कक्षा १० मा पढ्दै गर्दा काभ्रे जिल्ला घर भएका विष्णु भुजेलसँग भेट भयो ।

भुजेलले उनको एक्लो जिवनमा साथ दिने वाचा गरे । जेनी भुजेलले गरेको वाचामा सजिलै लोभिन् । जेनीले विष्णुसँग भागेर विवाह गरिन् । बनेपामा मोटरसाइकल ग्यारेजमा काम गरेका विष्णुसँग उनको जीन्दगी जसोतसो चलेकै थियो । बिहेपछि उनीहरु डेरा गरेर बसे ।

यतिकैमा उनीहरुको एक सन्तान पनि जन्मियो, विष्णुले श्रीमतीलाई घर लगेर गए । जेनी घर गएपछि विष्णुको अर्की श्रीमती रहेको थाहा पाइन । जेनीले आफू भुजेलको कान्छी श्रीमती भएको थाहा पाएपछि विष्णुलाई छाड्ने निष्कर्षमा पुगिन् ।

पछिल्लो समय कालोपुलमा बसेर प्राइभेट स्कुलबाट कक्षा १० पढिरहेकी थिइन् भने एउटा सहकारीमा पनि काम गर्थिन् । विष्णुको जेठी श्रीमतीसँग पनि राम्रो सम्बन्ध थिएन त्यसैले जेनीलाई पछ्याइरहे । बुधबार साँझ पनि भुजेलले जेनीलाई भेट्न आग्रह गरेका थिए ।

करिब ८ बजेतिर उनले जेनीको शरीरमा एसिड प्रहार गरिदिए । नजिकै रहेका मानिसहरुले उनलाई ओम अस्पताल पुर्‍याए । प्राथमिक उपचारपछि उनलाई कीर्तिपुर अस्पताल पठाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको डीएसपी होविन्द्र बोगटीकाअनुसार भुजेल जेनीलाई एडिस प्रहार गर्न भनेर योजनाबद्ध रुपमै काभ्रेबाट आएका थिए ।

काभ्रेको एक सुन पसलबाट एसिड मागेर उनी काठमाडौं आएका थिए । ‘पसलेको मोटरसाइकल बनाइदिने गर्दोरहेछ । त्यही चिनजानको भरमा एसिड ल्याएको रहेछ’, बोगटीले भने, ‘पसलेलाई उसले खुट्टाको खिल निकाल्ने भनेर एसिड मागेको रहेछ ।’

त्यो कुन एसिड थियो भन्ने खुलेको छैन । यद्यपि, अनुसन्धान भइरहेको उनी बताउँछन् । पुगिसकेकी जेनीको अवस्था चिन्ताजनक छ । घटनालगत्तै मोटरसाइकल चढेर भागेका भुजेल अहिले प्रहरी हिरासतमा पुगिसकेका छन् ।

‘कालोपुलबाट बागेर ऊ काँडाघारीसम्म पुगिसकेको रहेछ’, बोगटी भने, ‘तर, हाम्रो टोलीले उनलाई नै समात्न सफल भयो ।’ महानगरीय प्रहरी वृत्त, कमलपोखरीले उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...