कालोपुलमा एसिड प्रहार गरिएकी २० वर्षीय जेनीको अवस्था चिन्ताजनक

रक्सी पिएर आएका श्रीमानले एसिड प्रहार गरेका खुलासा

काठमाडौं । गए राती काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार गर्ने ब्यक्ति सोहि युवतीको श्रीमान भएको खुलासा भएको छ ।  आफ्नै श्रीमानले एसिड प्रहार गरेर गम्भीर अवस्थामा पुगेकी  २० वर्षिय जेनी खड्कालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। 


उनको अवस्था चिन्ताजनक रहेको पमहानगरीय प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । बनेपा बस्दै आएका विष्णु भुजेलले त्‍यहाबाटै एसिड बोकेर ल्‍याएको र कालोपुलस्थित माइतीमा बस्दै आएकी श्रमतीलाई काम छ भनी बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

रक्सी सेवन गरेर आएका भुजेलले पत्नीसँगको मनमुटावका कारण एसिड प्रहार गरेको जानकारी प्रहरीसँगको प्रारम्भीक बयानमा दिएका छन् । अनुहार, छातीलगायत शरीरका महत्वपूर्ण भागमा जलेर हेर्नै नहुने भएकी युवतीको अवस्था चिन्ताजनक रहेको प्रहरीले दिउको दिएको छ । भुजलले ती सँग ६ वर्षअघि नै भगाएर बिहे गरेका थिए ।

सम्बन्धमा कटुता आएपछि ती युवती कालोपुलस्थित माइतीमा बस्दै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...