प्रेमिकासँग मिलेर श्रीमतिको यौनीमा अचार कोचिदिएपछि...

सिन्धुली । छिमेकी महिलासँग मिलेर श्रीमतीलाई कुटपिट तथा यौन द्रुव्यवहार गरिएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ को निपाने कालापानीकी ४४ वर्षीय डस्नी कुमँरलाई बैशाख ३० गते श्रीमान ५० वर्षीय सञ्चा कुमँरले छिमेकी २७ वर्षीय बेलवति कुमँरको सहयोगमा श्रीमतीमाथि कुटपीट तथा दुव्र्यवहार गरी घाइते बनाएका छन् ।

बैशाख ३० गते मदिरा सेवन गरी घरमा आएर श्रीमती डस्नीलाई भुँईमा लडाई छातिमाथि चढी लात्ती र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार यौनीमा कोचिदिएको पीडितले बताइन् । ‘आफुलाई श्रीमानले विगत २, ३ वर्षदेखि अर्की श्रीमती ल्याउँछु, तँ बुढी भइस् भन्दै कुटपीट गर्दै आएको’ पीडित डस्नीले बताइन् ।

उनका श्रीमानले छिमेकी महिला वेलवतिले श्रीमानको आदेशमा ३१ गते घरमा आई ढुंगाले हानेर थप घाइते बनाएका थिए । उनलाई जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि ल्याएका छन् । पीडक बेलमतिका श्रीमान बैदेशिक रोजगारमा छन् ।

पीडितको उपचार एकद्वार संकट व्यवस्थापन केन्द्रको सहयोगमा जिल्ला अस्पतालमा भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता भएको छ । थप घाउजाँच केश गरेर कारवाहि अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...