घरमा बिहेको धुमधाम तयारी हुँदै गर्दा सुख्खा कुलोमा भेटियो बेहुलीको लास

रुपेन्देही । घरमा बहेको तयारी भइरहेको थियो । खाना खाएर सुत्न जान्छु भनेकी युवती मृत अवस्थामा फेला परेकी छन । रुपेन्देहीको गौडहवा गाँपालिका–६ साँडीको भुझौली भन्ने ठाउँमा बिहेको तयारी रहेकी १९ वर्षीया निशा मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक युवती खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् । रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएको कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिए ।

उनले घटनाको अनुसन्धान अघि बढीसकेको बताउदैँ पोष्टमार्ट पछि घटनाको कारण स्पष्ट हुने जानकारी दिए । ‘पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ, चाडै नै घटनाको बास्ताविकता पत्ता लगाई दोशीलाई कानुनी दायरामा ल्याउछौ’ एसपी प्रहरी थापाले भने । 

मृतक निशाका वुवा महोम्मद हिसाहारका अनुसार सोमबार राती खाना खाएपछि छोरी सुत्न गएको र राती आमाले उनको हेर्दा विस्तारामा नभएपछि खोजि कार्यमा जुटिएको बताए । मंगलबार पनि दिनभर खोजि कार्यमा लाग्दा पनि भेटिएन हिसाहारले भने ।

‘आज मृत अवस्थामा फेला पर्यो । छोरीको विहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो’ मृतकका बुबा महोम्मदले रुँदै भने । मृतक निशालाई पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौँ पठाइएको छ भने घटना स्थलबाट प्रहरीले शंकाको आधारमा एक युवकलाई नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...