जन्मदर्ता नहुँदा बालक विद्यालय जानबाट बञ्चित

कञ्चनपुर । कञ्चनपुरका आठ वर्षीय शंकर लुहार जन्मदर्ता नहुँदा विद्यालयबाट जानबाट बञ्चित भएका छन् । ‘हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पु¥याउँ’ भन्ने नाराका साथ भर्खर विद्यार्थी भर्ना अभियान सकियो तर पनि शंकरको व्यथा भने उस्तै  सँगैका दौतरी बिहान विद्यालय गएको देख्दा उनलाई पनि विद्यालय जान मन लाग्ने बताउँछन् । 

तर उनी विद्यालयको सट्टा गोठालो जान बाध्य छन् । जन्मदर्ता नभएकाले विद्यालयले भर्ना नलिदा उनी पढाईबाट बञ्चित भएका हुन् । उनका बाबु धनजित लुहारले अर्को विवाह गरेपछि शंकरकी आमा डल्लीले पनि अर्को विवाह गरिन् । 

शंकर डल्लीसँगै सौतेला बाबुसँग बस्छन् । शंकरका सौतेला बाबुको नाम पनि धनजित नै हो । सम्पत्तीमा अंश दाबी गर्ने डरले धनजितले शंकरको जन्मदर्ता गराएका छैनन् । ‘मेरा पनि अघिल्ला श्रीमतीबाट दुई छोरा दुई छोरी छन्,ु उनले भने, ‘सबैको विवाह भइसक्यो, छोराबाट सात नातिनातिना छन्, शंकरलाई पनि छोरा हो भनेर जन्मदर्ता बनाइदिएपछि सम्पत्तिमा हिस्सा दिनुपर्ने हुन्छ । त्यही भएर जन्मदर्ता नबनाइदिएको हो ।’

डल्लीले शंकर ६ महिनाको हुँदा श्रीमानले दोस्रो विवाह गरेर विचल्ली बनाएको बताइन् । डल्लीले भनिन, ‘माईतीमा कतिन्जेल बस्ने भनेर धनजितसंग विवाह गरे ।’ 

ढक्का शिबिरमा बस्दै आएका शंकरलाई उनका सौतेला बाबुले नजिकैको रामेश्वर आधारभूत विद्यालयमा दुई वर्ष अघि भर्ना गरे, तर जन्मदर्ता नगरेका कारण उनको पढाइ बैध भएन् ।  

‘विद्यालय जानबाट बञ्चित भएको छ, शंकरका सौतेला बाबुले भने, ‘मैले त प्रयास गरेकै हुँ, विद्यालयले जन्मदर्ता ल्याउ भनेर अडकाएको छ ।’ 

शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका प्रमुख दिपक कलौनीले कुनैपनि विद्यार्थी विद्यालयमा भर्ना हुँदा उसको जन्मदर्ता अनिवार्य भएको बताए । उनका अनुसार लगत राख्नको लागि जन्मदर्ता माग गरिएको हो । ‘कुनै विद्यार्थीका अभिभावकले पछि बुझाउने सर्तमा पनि विद्यालयमा भर्ना गर्न सकिन्छ, उनले भने, ‘जन्मदर्ता भने बुझाउनुपर्ने नै हुन्छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...