नरपिसाच बाबु, जसले आफ्नै छोरी बारम्बार बलात्कार गरे

दोलखा । आफैंले जन्माएकी छोरीलाइृ बलात्कार गर्ला भनेर कसले सोच्ला र ? तर, ७ वर्षदेखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएको आरोपमा एक व्यक्तिलाई दोलखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

वैशाख ५ गते बिहीबार सदरमुकाम चरिकोटबाट पक्राउ परेका ती नरपिसाच बाबुलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा पठाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउन मंगलबार आदेश दिएको हो ।

अदालतले २० दिनभित्र पीडित छोरीलाई बकपत्रका लागि झिकाउन आदेश पनि दिइएको छ । ७ वर्षदेखि आफ्नै बुबाले पटक पटक बलात्कार गरेको भन्दै १७ वर्षीया छोरीले जिल्ला प्रहरी कार्यालय दोलखामा वैशाख ४ गते किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...