गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्छुः मुख्यमन्त्री गुरुङ

विस्तारै अघि बढ्छौँ ढुक्क हुनुहोस्

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताएका छन् ।

पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताए ।

सङ्घीयताले दिएकोे अधिकारसमेत प्रदेशलाई दिन नखोज्ने रवैयाप्रति आपत्ति जनाउँदै उनले भने, “प्रदेशको स्रोत साधनको उपभोग र सदुपयोग गर्ने अधिकार प्रदेशले पाउनुपर्छ ।”

उनले भने, “हामी काम गर्न खोजिरहेका छौँ, विभिन्न चुनौती देखिएका छन् । देखिएकोभन्दा नदेखिएका धेरै समस्याले अल्झाएको छ । विस्तारै अघि बढ्छौँ ढुक्क हुनुहोस् ।

हाम्रो प्रदेश समृद्ध प्रदेश बन्छ ।” मुख्यमन्त्री गुरुङले प्रदेशको एक मात्र शालिग्राम उत्पादन गर्ने महत्वपूर्ण कालीगण्डकी नदीको डाइभर्सन गरेर तल्लो तटीय क्षेत्र सुक्खा बनाउन नहुनेमा जोड दिए ।

उनले विकास र समृद्धिका लागि निजी क्षेत्रलगायत सम्पूर्णको साझेदारी आवश्यक रहने बताए । गण्डकी प्रदेशका लेखा नियन्त्रणक जयराम पौडेलले प्रदेशको कूल रु २४ अर्ब दुई करोड बजेटमा चालू बजेट जम्मा आठ अर्ब ११ करोड र पूँजीगततर्फ १५ अर्ब ९१ करोड रहेको जानकारी दिए ।

त्यसमध्ये चालू बजेटतर्फ दुई अर्ब ४५ करोड ९३ प्रतिशत र पूँजीगततर्फ दुई अर्ब ३४ करोड १५ प्रतिशत खर्च भएको भएको जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ देखि वैशाख २५ गतेसम्म कूल चार अर्ब ७९ करोड २० प्रतिशत मात्रै बजेट खर्च भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले लगानीका क्षेत्रमा देखिएका चुनौती नहटेसम्म समृद्धि कल्पना गर्न नसकिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सङ्घीयताको भावनाअनुरुप सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावले विकासका कार्ययोजना प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...