मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

कपिलबस्तु । मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलबस्तुको तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मत्यु हुनेमा मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादव रहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

लु ९ प ४६६४ नम्बरको मोटरसाइकलमा उनीहरु जहदीबाट तौलिहवा आउँदै थिए । घटनाको प्रकृति हेर्दा मोटरसाइकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...