गुठीको जग्गामा मनपरी, गुठी संस्थानको भुमिकामाथि प्रश्नै प्रश्न

ललिता निवासको सरकारी जग्गा प्रकरणमा गुठि संस्थानसमेत दोषी

काठमाडौं । प्रधानमन्त्री निवाश लगाायतका महत्वपुर्ण सरकारी कार्यालय रहेको बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी जग्गा व्यक्तिका नाममा गएको प्रकरणमा गुठि संस्थान समेत दोषी देखिएको छ ।

जग्गाबारे छानबिन गर्न पूर्व सचिव शारदाप्रसाद त्रिताल संयोजकत्वमा गठित छानबिन समितिले गुठीका नाममा रहेको जग्गा व्यक्तिगत नाममा दर्ता हुनुमा गुठी संस्थानसमेत जिम्मेवार रहेको देखाएको छ । 

वालुवाटारको जग्गा पशुपति टिकन्छा गुठीका नाममा दर्ता भएकोबारे अस्पष्ट भएको भन्दै भुमिसुधार तथा व्यवस्था मन्त्रालयले २०६२ असोज ६ मा पत्र पठाएको थियो । तर, संस्थानले धेरै बिषयबारे जवाफ नै नदिई २०६३ पुष १ मा मात्र जवाफ पठाएको थियो । यसबाट संस्थानको भुमिकामाथि नै प्रश्न उठेको छ । यसबाट संस्थानले माफियासँगको मिलेमतोमा बदनियतपुर्ण ढाकछोप गर्न स्पष्ट हुन्छ ।’

संस्थानले जग्गाबारे स्पष्ट पार्न नसकेको, राजगुठिको आधार र गुठिको जग्गाको बिषय नै अस्पष्ट रहेको, सरकारलाई नै असहयोग गरेको भन्दै गुठी संस्थानका २०३३ सालदेखिका अध्यक्ष तथा प्रशासकहरुले संस्थानको उद्देश्यअनुरुप काम गर्न नसकेको, गुठी जग्गाहरुको अभिलेख अधाबधिक नगरेको, भएका अभिलेख नासेको सो समयका सबै अध्यक्ष, कर्मचारी तथा प्रशासकहरुलाई अख्तियार दुरुपयोग आयोगले अनुसन्धान गरी कारवाहि गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

देशभर रहेका गुठी जग्गाको संरक्षण तथा उपयोगमा गुठी संस्थानले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा देशभरका गुठी जग्गाहरु नासिँदै गएका छन् । गुठीका पदाधिकारीहरु र कर्मचारीहरुले भुमाफियासँग अस्वाभाविक साँठगाठ बढाउदा गुठीका जग्गाहरु भुमाफियाको कव्जामा पर्ने क्रम पनि बढेको पाइएको छ । 

गुठीले पहिलोपटक २०२३ र दोस्रोपटक २०४७ सालमा भएका नापिका समयमा सूचना प्रकाशित गरेर जानकारी दिँदासमेत आफ्ना नाममा रहेको जग्गाबारे नापजाँच गरी संरक्षण गर्नुपर्नेमा वेवास्था गरेको थियो । सरकारलाई सहयोग गर्न बनेको निकायले नै ग्रैह्रजिम्मेवार बनि असहयोग गर्दा गुठिको जग्गा विभिन्न व्यक्तिले दुरुपयोग गरेको तथा व्यक्तिका नाममा गएको देखिन्छ ।

बिभिन्न आस्थासँग जोडिएका गुठी जग्गाको संरक्षण तथा उपयोगबाट समुदायमा सुसम्बन्ध कायम राख्ने उद्देश्यले गुठी संस्थान स्थापना भएको भए पनि गुठीमा प्रवेश गर्ने जिम्मेवार व्यक्तिले ध्यान नदिँदा गुठीका जग्गा व्यक्तिको नाममा जाने क्रम जारी छ । हाल गुठी संस्थानसँग आफुँ मातहतमा कति जग्गा छ भन्ने समेत स्पष्ट तथ्यांक छैन । 

वालुवाटार जग्गा प्रकरणमा संस्थानको शंकास्पद भुमिका रहेको थियो भने बृहत जनकपुर क्षेत्र संरक्षणमा देखिएको उदासिनता तथा निजि गुठीमा संस्थानले आफ्नो शसक्त भुमिका देखाउन नसक्दा मन्दिरका महन्थ, पुजारी तथा मठाधिसले समेत आफुखुसी जग्गामा अतिक्रमण गरि व्यक्तिगत बनाँउदै गएको पाइएको छ ।

प्रतिकृया दिनुहोस