युवतीको अपहरणमा परेका वृद्धको सकुसर उद्धार

काठमाडौं । ललितपुरमा युवतीको अपहरणमा परेका एक वृद्धको प्रहरीले सकुसल उद्धार गरेको छ ।  ललितपुरको इमाडोलबाट अपहरणमा पर्नेमा इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेल रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले कृष्ण चौडेलको ढोलाहिटीबाट उद्धार गरेको जनाएको छ ।

अपरणमा संलग्न अनिमा भुजेलसहित दूईजनालाई समेत पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र धानुकले जानकारी दिए ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट व्यापार गर्दै आएकी अनिमालाई कृष्ण चौडेलले दिनुपर्ने ५ लाख रकम नदिएपछि अपरहण गरेको बुझिएको छ ।

इमाडोलबाट कृष्णलाई अपरहण गरेर अनिमाको टोलीले ढोलाहिटी पुर्याएपछि २ लाख फिरौती मागिएको प्रारम्भीक अनुसन्धाबाट खुलेको एसएसपी धानुकले बताए । कृष्णलाई अपहरण गरेपछि अनिमाले उनकी छोरीलाई रकम मागेकी थिइन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...