सडक छेउमै खेलिरहेका बालकलाई जीपले ठक्कर दिँदा मृत्यु

बैतडी । सडक छेउमै खेलिरहेका बालकलाई जीपले ठक्कर दिँदा मृत्यु भएको छ ।  डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा जीपले ठक्कर दिँदा एक बालकको ज्यान गएको हो ।

सडक छेउमै खेलिरहेका तीन वर्षीय बालक युकेश साउदको जीपले ठक्कर दिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । बिहीबार दिउँसो गोकुलेश्वरबाट सतबाँझतर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिएको हो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको हो । बालकलाई ठक्कर दिएर भाग्दै गरेका जीप चालक विक्रम बिष्टलाई सल्सेनाबाट जीपसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पातलीले जानकारी दिए ।

स्थानीयहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै अहिले महाकाली राजमार्गको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तर्गत बांगाबगरमा सडक अवरुद्ध गरेका छन् । 

प्रतिकृया दिनुहोस