पैतालामुनी लुकाएको १ किलो सुन सहित विक पक्राउ

मकवानपुर । जुताको पैतलामुनी र पाइन्टको खल्तीमा लुकाएर ल्याएको १ किलो ६ सय ४९ ग्राम अवैध सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–४ बस्ने २९ वर्षीय किशोर लोहागुन (विक) रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

लोहागुनको साथबाट आजको बजार मल्य अनुसार ८५ लाख ८६ हजार २६ रुपियाँ पर्ने १ किलो ६ सय ४९ ग्राम अवैध सुन बरामद गरिएको हो ।

लोहागुनले आफ्नो दुवै खुट्टाको जुत्ताभित्र पैतालामुनी र पाइन्टको खल्तीमा भन्सार छली लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । बरामद सुन प्रहरीले राजस्व अनुसन्धान विभाव पथलैया पठाउने जनाएको छ ।

प्रहरीले लोहागुन भरियामात्रा हुन वा कोरोबारी नै हुन भन्ने अनुसन्धान जारी रहेको बताएको छ । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बरामद गरिएको सुन मकवानपुर सुचचाँदी व्यवसायी संघसँग समन्वय गरी सुन भएको तथ्य पत्ता लगाएको बताए ।




प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...