दाङमा १२ घरगोठ जलेर नष्ट, ५३ लाखको क्षति

दाङ । दाङका विभिन्न स्थानमा भएको आगलागिमा १२ घरगोठ जलेर नष्ट भएका छन् । ५३ लाख बढीको क्षति भएको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १ सिरुखर्क र राजपुर गाउँपालिका १ पटौलीमा बुधवार साँझ भएको आगलागीबाट ६ घर र ६ गोठ जलेर नष्ट भएका हुन् ।

घोराही उपमहानगरपालिका १ सिरुखर्क ५ घर र ५ गोठमा आगलागी हुँदा ५० लाख ९० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सल्लीकोट सामदायिक बनबाट फैलिएको आगाले हेमलाल थापा, मेघराज थापा, शिबलाल थापा, देवबहादुर थापा र प्रेमबहादुर  थापाको ५ घर र ५ गोठ जलेर नष्ट भएका छन् ।

वनमा फैलिएको आगोको झिल्काले आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिए ।  त्यस्तै राजपुर गाउँपालिका १ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागी भएको छ ।

सोलारको तार सर्ट भएर भएको आगलागीबाट ४ वटा बाख्रा मर्नका साथै घरगोठ पूर्णरुपले जलेको प्रहरीले जनाएको छ । आगलागीबाट ढाई लाख बराबरको क्षति भएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...