सर्लाहीमा ट्रकको ठक्करबाट बालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा वुधबार राती ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, मुसलमान टोलस्थित भित्री सडकमा गोरु लोड गरिएको ना ३ ख ५६१५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका शेख मेराजु विनका छोरा १६ वर्षीय शेख खुस्बु विनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका बालकलाई उपचारका लागि वीरगञ्जतर्फ लानेक्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोशित स्थानीयवासीले ट्रक र चालकमाथि आक्रमणको प्रयास गरेका थिए ।

तत्कालै ईलाका प्रहरी कार्यालय हरिवनसहित नवलपुर र लालबन्दीबाट थप मद्दतमा खटिएका प्रहरीको सहयोगमा चालक र ट्रकलाई उद्दार गरी आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय हरिवनमा ल्याइएको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस