कोरियाली अग्नी पीडितलाई नेपालीको आर्थिक सहयोग

दक्षिण कोरिया, सउल । कोरियामा बसोबास गर्ने नेपाली समुदायले पहिलो पटक कोरियाली अग्नी पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

गत अप्रिल ४ र ५ मा कोरियाको खाङ्न्दो शहरमा लागेको आगलागी पीडित बृद्ध र अपाङ्गलाई सहयोगार्थ नेपाली समुदायले आर्थिक सहयोग गरेका हुन् । नेपाली समुदायले गरेको उक्त राहतले केही भएता पनि कोरियाली अग्नी पीडित जनतालाई राहत पुग्ने विश्वास कोरियामा बसोबास गर्ने नेपाली समुदायको छ । 

कोरियाको खाङन्दो शहरमा भएको आगलागी सयौंको हताहत भएको थियो भने केहीको मृत्यु पनि भएको थियो । आगलागीपछि कोरियाली सरकारले संकटकाल नै घोषणा गरेको थियो । आगलागीबाट उत्तर पूर्वी तटीय क्षेत्रका पाँच शहर नराम्रोसँग प्रभावित भएका थिए । आगलागीमा परी १२५ वटा घर तथा अपार्टमेन्ट जलेर नष्ट भएका थिए ।

गैरआवसीय नेपाली संघ, कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीको पहलमा संकलित ३२ लाख ७७ हजार कोरियन वोन कोरियाली कानुन मन्त्रालयका निर्देशक विएई जंगसंगमार्फत रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम कोरियाली अग्नी पीडित बृद्ध तथा अपाङ्गलाई जाने गरी कोरियाली कानुन मन्त्रालयमै एक कार्यक्रमबीच हस्तान्तरण गरिएको आर्थिक संकलक राजु क्षेत्रीले बताए । आर्थिक सहयोग संकलनकर्ता क्षेत्री कोरियामा प्रतिष्ठित ब्यवसायी, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षकका रुपमा चिनिन्छन् ।

उक्त कार्यक्रममा जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष गंगा थापा श्रेष्ठ, एनसीसी अध्यक्ष अन्जु केसी, एनआरएन कोरियाका संरक्षक ध्यान राई, नेपाल कोरिया भलिबल संघका अध्यक्ष भजेन्द्र क्षेत्री, गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्दिप सुवेदी, एनसीसीका बरिष्ठ उपाध्यक्ष श्री श्रेष्ठ, समाजसेवी मनु जुगजाली, विजय कार्की, नेपाल कोरिया पत्रकार संघका पूर्वउपाध्यक्ष सन्दिप पाण्डेलगायतको उपस्थिति थियो ।




प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...