डुबेर महाकालीमा बेपत्ता सहायक लेखापाल डम्बर पालको शव भेटियो

काठमाडौँ । नुहाउने क्रममा डुबेर महाकाली नदीमा बेपत्ता भएका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । महाकालीमा बेपत्ता भएका २५ वर्षीय पालको शव बुधबार फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए । 

परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेले बताए । यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...