काठमाण्डौको आकाशमा राजस्थानको धुलो

काठमाण्डौ । भारतको राजस्थानको मरुभूमि क्षेत्रबाट आएको धुलोका कारण देशका धेरै ठाउँको मौसम पूर्ण सफा नभएको मौसमविद्ले बताएका छन् । 

राजस्थानबाट आएको धुलोका कारण मौसम सफा भए पनि पूर्ण रुपमा खुल्न नसकेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । यसकै प्रभावले बुधबार पश्चिम तराईको एकदुई ठाउँमा धुलोसहितको हावा चल्ने संभावना रहेको बताए । 

पानी नपरेसम्म यो धुलो नहट्ने उनले जानकारी दिए । मौसमविद् पोख्रेलका अनुसार बुधबार र बिहीबार पानी पर्ने सम्भावना नदेखिएकाले यो धुलो तत्काल हट्दैन । शुक्रबार दिउँसो पश्चिमबाट पश्चिमी वायु प्रवेश गरेर पानी पर्ने देखिएकाले त्यसपछि भने यो धुलो हट्ने उनको अनुमान छ । 

गएको वर्ष असार पहिलो साता पनि मरुभुमिबाट आएको धुलोका कारण देशका धेरै ठाउँमा हिलो पानी परेको थियो । बुधबार देशभरी कै मौसम सफा भए पनि बेलुकीपख पूर्वी पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । पानी नपरेपछि देशभरी नै गर्मी बढिरहेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...