कालिकोटका महिलाको सपना मोटर गाडी चडेरै छोढ्ने

कालिकोट । सरर मोटर गाडी चढेर घरको आँगन अगाडि झर्ने आजको सपना होइन ५१ वर्षीया सुकिली विकको  वल्ल उनको सपना अहिले पूरा हुन थालेको छ । मोटर गाडी चढेर आफ्नो घरको आँगन आगाडि ओर्लर्ने सपनालाई उनले साकार पार्न दिनरात काममा खटिएकी छन् ।

०६३ सालदेखि कालिकोटको सदरमुकाम मान्म हुँदै कर्णाली राजमार्गमा मोटर गाडी चलेको उनको घरबाट दुरुस्तै देखिन्थ्यो । उक्त दृश्य हेर्दा उनलाई गाडी चढ्न अझ आतुर हुन्थ्यो । पहिला देखिएको एउटा सपना पूरा हुन लागेको छ, ‘उनले भनिन्, ‘त्यसैले घन सव्बल बजाउन थालेका छाँै । 

घरको आगनमै सडक पुग्यो भने मोटर गाडी चढेर घरको आगनमै ओर्लन्छु ।’ घरकै अगाडि गाडीबाट ओर्लर्ने ठूलो सपना भएको उनले बताइन् । 

सपना पूरा नहुँदै मरिन्छ कि भन्ने चिन्ता लागेको थियो’, उनले भनिन्, ‘अहिले गाउँमै सडक पु¥याउने भनेपछि खुसी लाग्यो ।’

सुकिली मात्र होइनन् घरकै आँगनमा गाडी चढेर ओर्लने सोही ठाउँ निवासी धनकला रोकायाको रहर पनि छ । श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

धना हातमा सव्बल समाएर बाटो निर्माणमा जुटेकी छन् ‘अरूका लागि होइन आफ्नै लागि काम गर्दा पैसा चाहिँदैन’, उनले भनिन्,‘ बिहान बेलुका खाना खान पाए पुग्छ ।गाँउपालिकामा सडकले छोएको छैन मोटर गाडी गाउमै आए खुसी हुने थियौँ ।’


जिल्लाको विकट मानिएको शुभकालिका गाउँपालिका भौगोलिक हिसाबले निकै ठूलो भए पनि विकासमा सबैभन्दा पछाडि छ । सडकमा मात्र होइन शिक्षा, स्वास्थ्य, रोजगार र सडक सञ्जालबाटसमेत वञ्चित छ । 

यहाँका स्थानीयले सामाजिक कामलाई व्यक्तिको भन्दा बढी प्राथमिकता दिएर एकजुट भएका छन् । जिल्लाका अरू स्थानीय तहमा सडक पुगाएर मोटर गाडी चढ्छन् । 

तर, आफू भने थाप्लोमा भारी बोक्न छुटेको छैन त्यही भएर रकम अपुग भएपनि हाजिरको मतलव नगरी दिनरात काममा जुटेका छाँै । सडक गाउँमै पुर्यायौँ भने, हाम्रो सपना पूरा हुनेछ ।

गाउँ विकट भएपछि अहिलेको सो्रत साधनले गर्दा अब सजिलो भएको छ । बल्लबल्ल मनले काम गरेको उनी बताउँछिन् । शुभकालिका गाँउपालिकाले यो वर्षमा भर्ताको सेरिघाटदेखि भर्तागाँउसम्म सडकका लागि एक करोड रकम विनियोजन गरेको छ ।


 

प्रतिकृया दिनुहोस