सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाईते

सर्लाही । सर्लाहीमा मङ्गलवार राती बेग्लाबेग्लै स्थानमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

नवलपुर–मलङ्गवा सडक खण्डस्थित कविलासी नगरपालिका–८, कविलासीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

कविलासीबाट अगर्वातर्फ आउँदै गरेको बीआर ३० डव्लु १७७३ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय सुनिल बैठाको मृत्यु भएको हो ।

 बैठालाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवातर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी चौकी कविलासीले जनाएको छ । यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–७, सिनेमा घर अगाडि टाटासुमोको ठक्करबाट एक जना घाईते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ ज ५३६० नम्वरको सुमोले ठक्करदिँदा लालबन्दी नगरपालिका–६, का २३ वर्षीय जीतबहादुर राई घाईते भएका हुन् । राईलाई लालबन्दीमा सामान्य उपचार गरी लालगढतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी, फूलजोर चौकबाट सर्लाहीको उत्तरी चुरेभेग घारीबथानतर्फ जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

ज १ स ७३४१ नम्वरको अटो दुर्घटनामा ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २१ वर्षीय सुमन मिरिङचिङ र २० वर्षका मनिस मग्राती घाईते भएका छन् । घाईते मिरिङचिङको वीरगञ्ज र मग्रातीको लालबन्दीमा उपचार भैरहेको छ ।


प्रतिकृया दिनुहोस