मिनेन्द्र रिजाल भन्छन्, ‘सभामुख महोदय, संसदको गरिमा आज कायम गर्न सक्नुभएन’

काठमाडौं । मंगलबार सरकारले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित गरिने कार्यक्रम थियो । नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम थियो । 

सभामुखले सांसदहरुले उठाएको प्रश्नको जवाफका लागि बोलाएपछि प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिन थाले । प्रारम्भमा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई ‘आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिइ अन्यको दिन्छु’ भनेपछि प्रतिनिधिसभाको मंगलबारको बैठक केहीबेर तनावपूर्ण बन्यो । नेपाली कांग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरेका थिए । उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे । 

कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउँदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा प्रश्नको सीमा र मर्यादा हुन्छ भनेपछि स्थिति थप तनावपूर्ण बनेको थियो । त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्ट्रमबाट प्रधानमन्त्रीको भनाभन नै चल्यो । 

विरोध चलिरहेकै बेला संशोधनकर्ताको तर्फबाट बोल्ने समय पाएका नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आक्रोश पोखे । ‘सभामुख महोदय, संसदको गरिमा आज कायम गर्न सक्नुभएन । सभामुख महोदय, यसरी संसद चल्दैन । गरिमा कायम गर्न सक्नुभएन’ उनले भने, ‘यसरी संविधानको पालना हुदैन भनेर आशंका व्यक्त गरेर संसोधन दर्ता गरायौ । प्रधानमन्त्रीबाट गरिमा कायम भएन । सभामुखले त्यो काम गराउन सक्नुभएन ।’

दुःखका साथ भन्नुपर्छ यो भन्दा नराम्रो काम संसदीय अभ्यासमा हुन सक्दैन । सभामुख महोदय, यसरी संसदको गरिमालाई तल नपार्नुहोस् । संसदीय अभ्यासलाई कमजोर नबनाउनुहोस्’ उनले भने, ‘एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद झुक्नुपर्ने ? नागरिक झुक्नुपर्ने । यो लोकतन्त्र होइन । यो संविधान होइन । त्यही आंशकाबाट संसोधन राख्या हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...