यसरी धुमधामसँग भयो पूर्वराष्ट्रपति यादवकी छोरी अनिताको विवाह

जनकपुर । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ । अनिताको विवाह रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग भएको हो । 

सोमबार राति हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा अनिता र रमेशको विवाह सम्पन्न भएको थियो । सो अवसरमा रमेश र बेहुली अनिताले एकअर्कालाई बरमाला लगाए भने त्यसपछि औठी साटासाट गरे ।

सोही क्रममा पूर्वराष्ट्रपति यादवले छोरी र ज्वाईलाई रामायणको नेपाली र अंग्रेजी अनुवादको गरी २ थान जोडा किताब हस्तान्तरण गरेर सुखद दाम्पत्यको लागि आशिर्वाद दिएका थिए ।

विवाह राति साढे १० बजेदेखि हिन्दु परम्परा अनुसार सुरु भएको थियो । यस विवाहमा सरिक हुन करिब १ सय जना जन्ती आएका थिए ।

सोही विवाहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह लगायतको पनि सहभागिता रहेको थियो ।यस्तै समाजका भद्रभलादमीहरुले समेत बेहुला र बेहुलीलाई सुखद दाम्पत्यका लागि आर्शिवाद दिएका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...