त्रुटी देखिएपछि स्वास्थ्यका कर्मचारीहरुको लम्बियो समायोजन

काठमाडौं । कर्मचारी समायोजनमा त्रुटी देखिएपछि स्वास्थ्यका कर्मचारीहरुको समायोजन लम्बिएको छ । सामान्यले हालसम्म १३ हजार गुनासोको अभिलेख गरिसकेको छ ।

स्वास्थ्यका १३ हजारभन्दा बढी कर्मचारीले समायोजनमा असन्तुष्टि जनाउँदै गुनासो दर्ता गराएका छन् । सरकारले समायोजन प्रक्रिया अगाडि बढाए पनि बीचैमा त्रुटी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यका कर्मचारीको समायोजन अझै टुंग्याउन सकेको छैन । 

स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो । वैशाख ५ गतेभित्र दर्ता भएका गुनासोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिला कम्प्युटरमा अभिलेख (इन्ट्री) गर्ने काम गरेको जनाएको छ । 

स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा सोझै दर्ता भएका गुनासा सहित इमेल र भाइबारमा आएका गुनासालाई पनि एक–एक गर्दै अभिलेख गर्ने काम भइरहेको हो । गुनासो अभिलेख गर्नका लागि १९ जना कर्मचारी खटिएका छन् । अझै ५ सय जति गुनासो बाँकी छ । 

स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारले २७ हजार ३ सय २ जना कर्मचारीको समायोजन गरेको सूची सार्वजनिक गरेको थियो । तर, स्वास्थ्यको सूची सार्वजनिक भएलगत्तै धेरै त्रुटि आएपछि समायोजन भएको कर्मचारीमध्ये आधाभन्दा बढीले गुनासो दर्ता गराएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...