गोर्खा इको प्यानलको कारखानामा आगलागी हुँदा ५० लाखको क्षति

भक्तपुर । भक्तपुरको हनुमानचा स्थित गोर्खा इको प्यानलको कारखानामा मंगलबार विहान आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि कारखानाका ईपीएस, कमेकिल, फाइवरमेश, ग्लास फाइबर, काठको प्यालेट, इलेक्टिक मोटर, मिक्सर, जेनेरेटर लगायतका सामानहरुमा क्षति पुगेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा विहान पौने तीन बजे आगलागी भएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । 

कम्पाउण्ड भित्रको काठको प्यालेटमा आगो फालेर आगलागी गराइएको हुनसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए । 

गोर्खा इको प्यानल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो । यसले भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको बिल्कपको रुपमा प्रयोग हुने इको प्यानल (निर्माण सामाग्री) उत्पादन गर्ने गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...