भक्तपुरको डोलेश्वर मन्दिर खुल्ला

भक्तपुर । भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर मन्दिर मंगलबार अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ ।

वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने यो मन्दिर अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको हो । 

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिका अनुसार  मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मन्दिर खुल्ला गरिन्छ ।

मन्दिर परिसरमा मंगलबार जौको सातु र सर्वतलगायत फलफूल पनि भक्तजनहरुका लागि निःशुल्क वितरण गरिएको थियो । पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजाआजा गर्न उपत्यकासहित देश विदेशबाट समेत भक्तजनहरु मन्दिरमा आउने गरेका छन् ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...