हुम्लाबासी जिर्ण काठेपुलमा यात्रा गर्न बाध्य

सिमकोट । जोखिम मोलेरै भए पनि स्थानीयहरु एक दर्जन जिर्ण काठेपुल तर्न बाध्य भएका छन् । बर्खा लाग्दा पशुवस्तु लिने समय हुँदा खर्क लैजाने अन्य विकल्प नभए पछि जोखिम मोलेरै भए पनि स्थानीय वासिन्दाहरु जिर्ण काठेपुल तर्न बाध्य भएका हुन ।

नेपाल र चीनको सीमा क्षेत्र चुवाखोलामा पशुवस्तु पाल्न, जडिबुटी संकलन गर्न र चिनीयाँ पक्षसंग व्यापार गर्नका लागि वर्षौ देखि हुम्लाबासीहरुले व्यापार गर्ने नाकाका रुपमा चिनिएको भए पनि यस वर्ष बढी हिमपातले गर्दा हिउ पहिरोमा पनि एक दर्जन काठेपुल जिर्ण भएको सिमकोट गाउँपालिका वडा नम्बर एकका अध्यक्ष तारा बहादुर लामाले बताए ।

त्यसमा तल्लो साँघु, माथिल्लो साँघु, फर्सु, रछ्याला लगाएत्का एक दर्जन काठेपुल जिर्ण हुँदा स्थानीयलाई हैरानी भएको उनले बताए । हरेक वर्ष सयौ पशुवस्तु तथा मानिसहरु ती काठेपुल तर्ने गर्दै आउनु भएको छ ।

केही दिन अगाडी एक पर्यटकहरुको समुह आउदा काठेपुल जिर्ण भएका कारण स्थानीयबासीले उद्धार गर्नु परेको उनले बताए । पुल जिर्ण भएपछि सरोकारवावाला पक्षसंग मर्मत तथा निर्माणका लागि सहयोग माग्दा कतै सुनुवाई नभएको उनले गुनासो गरे । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...