तस्करीको सुन पास गर्ने एयरलाइन्सका कर्मचारी ३० तोला सुनसहित पक्राउ

काठमाडौँ । तस्करको सुन पास गर्न नेपाल एयरलाइन्सका कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट ३० तोला सुनसहित पक्राउ परेका छन् । नेपाल एयरलाइन्समा कार्यरत रन्जित कुमार यादवलाई पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ । उनको साथबाट ३० तोला सुन बरामद भएको जानकारी दिँदै बोगटीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...