फोहोर व्यवस्थापन नर्गदा चरिकोट बजार प्रदुषित बन्दै

दोलखा । भीमेश्वर नगरपालिकाको वडा न. ३,र ६ रहेको चरिकोट बजारमा आजभोलि धुलो र प्रदूषणले नगरवासी हैरान हुन थालेका छन् । सडकमा धुलोले आजित भएका सर्वसाधारणको सुन्दर नगरको कल्पना कल्पनामा नै सीमित रहेको छ ।


सवारी साधनको उचित पार्किङको व्यवस्था र सडकमा सवारी साधनको चाप बढेसँगै बजारलगायत आसपास क्षेत्र झनै कुरूप बन्दै गएको छ । भीमेश्वर नगरपालिकाको कार्यालयले प्रत्येक दिन फोहोर उठाए पनि स्थानिय बासीले फोहोर सडकमै अस्त व्यस्तरुपमा फालिदिएको कारणले बजार प्रदुषित बन्दै गएको हो ।

 यदि फोहोर उठाउने गाडी आएपछि मात्र फोहोर घरबाट निकाल्ने हो भने यस्तो अवस्था आउने थिएन भनि बताउछन् स्थानियहरु   सडकमा फुटपाथ निर्माण गर्ने काम सुरु भएता पनि अहिले रोकिएको छ ।

 सातदोबाटो नजिकै बजार सुरु हुने बित्तिकै बालुवा थुपारिएको छ ।

 बीचबजार क्षेत्रमा त्यसै त सानो सडक त्यसमाथि एकापट्टी बालुवा र अर्कापट्टी मोटरसाइकल पार्किङले गर्दा सवारीसाधन आवतजावतमा झनै समस्या भएको र आफ्नो व्यवसायमा पनि असर परेको सातदोबाटो चोकमा इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका कुमार कार्कीले बताए ।

धुलोको कारण पसलमा बस्नै नसक्ने अवस्था आएको र वेलावेला सवारी साधन जामसमेत हुने गरेको उनले गुनासो गरे । सातदोबाटोको चोक नजिकै तरकारी फलफूललगायत पानीपुरी चट्पटे बेच्नेहरू प्रशस्तै भेटिन्छन् । बीचबजारमा उत्तरी क्षेत्र जाने सवारी साधन दिउँसोको समयमा लस्कर भेटिन्छ ।

 उत्तरी भेगका सर्वसाधारणहरूको बस चढ्ने ओर्लनेलगायत बजारका सामानहरू किनमेल गरेर सवारीमा हाल्ने झिक्ने ठाउँ भएका कारण पनि मानिसहरूको चाप बढेको देखिन्छ । कहिलेकाहीँ त सवारी साधनको लस्करले वेलावेला बजार नै जाम हुने गरेको स्थानीय व्यापारी हरू गुनासो गर्छन् ।


मुख्य बजारको सडक पक्की भए पनि अधिकांश शाखा सडक कच्ची छन् । सडकका अधिकांश नाला मानव निर्मित संरचनाले अवरुद्ध छन् । जसका कारण सडकका नाला हुँदै बग्ने पानी तथा भलको उचित व्यवस्थापन नहुँदा यतिवेला चरिकोट कुरुप देखिन थालेको छ । 

पानी पर्दा हिलाम्य र घामलाग्दा धुलाम्य हुने समस्याले चरिकोट ग्रसित छ । धुलाको कारण चरिकोटको रूप दिन दिनै बिग्रँदै गएको छ ।

चरिकोटमा दिनदिनै बढ्दै गएको अव्यवस्थित बसोवास र अव्यवस्थित संरचनाको मारमा बजार परेको छ । भीमेश्वर नगरपालिकाको कार्यालयले प्रत्येक दिन फोहोर उठाए पनि स्थानिय बासीले फोहोर सडकमै अस्त व्यस्तरुपमा फालिदिएको कारणले बजार प्रदुषित बन्दै गएको हो । यदि फोहोर उठाउने गाडी आएपछि मात्र फोहोर घरबाट निकाल्ने हो भने यस्तो अवस्था आउने थिएन  ।

            

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...