तीन लाख रुपैयाँ र पल्सर मोटरसाइकल दाइजो नल्याउँदा रुक्सराको हत्या

बाँके । तीन लाख रुपैयाँ र पल्सर मोटरसाइकल नल्याउँदा कैलालीमा एक युवतीको हत्या भएको छ ।  गत बिहीवार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको दाइजोको कारणले परिवारले हत्या आरोप लगाइएको छ ।

९ महिनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवारका सदस्यहरूले गरेपनि  माइतीले भने हत्या भएको आरोप लगाएका हुन् । 

नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गरेका हुन् । भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका साहेबेसँग विवाह गरेकी रुक्सरा गत बिहीवार झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । 

बुवा इस्लामले छोरीलाई मारेर झुण्ड्याइएको जिकिर गर्दै भने, मैले हत्या हुनुअघि छोरीसँग फोनमा कुरा गरेको थिए । घर परिवारको अगाडि नै रहेकी रुक्सरा मसँग पनि राम्ररी बोलेकी थिइनन् । माइती पक्षका अनुसार घर परिवारले दैनिक ‘टर्चर’ दिइरहेकाले रुक्सराले दुई दिनदेखि खाना खाएकी थिइन् ।

घर परिवारले तीन लाख रुपैयाँ र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेकाले आफू जग्गा बेचेरै पनि मागेको रकम र मोटरसाइकल दाइजो दिने मनसायमा रहेको उनको भनाइ थियो । हत्या भएको एक घण्टाअघि छोरीसँगको कुराकानीमा आफूले म भोलि नै कैलाली आएर छलफल गर्छु । 

जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नू भनेको बुबा इस्लामले बताए । केही घण्टापछि नै फेरि फोन आउँदा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो ।

होचो टीनले छाएको कोठामा उनीहरू बस्छन् । त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन । त्यसमा पनि सबै घर परिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्, बुवा इस्लामले भने, सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो । दाइजो दिन्छु भन्दा पनि छोरीको हत्या गरिएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...