बसले ठक्‍कर दिँदा मोटरसाइकल चालककको मृत्यु

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा बसको ठक्‍करबाट आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २१४२ नम्बरको बासले विपरित दिशातर्फ जाँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिँदा झापाको मेचीनगर नगरपालिका–२ का २६ वर्षीय जीवन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा राति मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...