विष्णु पौडेलले संसदमा भनेः छानविन होस् दोषी ठहरिए कारवाही भोग्न तयार छु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा प्रकरणमा आफू दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले बालुवाटारको सरकारी जग्गा हिनामिनाबारे आफुुसहित शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराई समेतको नाम जोडेर आएका समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै आफु कारवाही भोग्न तयार रहेको बताएका हुन् । 

महासचिव पौडेलले त्यसबारे आफुले विज्ञप्तिमार्फत सत्य–तथ्य यसअघि जानकारी गराइसकेको भन्दै व्यक्तिका नाममा सरकार जग्गाहरु गैरकानुनी रुपमा दर्ता गराएकोलाई सरकारले सरकारको स्वामित्वमा चालेको कदमलाई हार्दिकतापुर्वक स्वागत गरेको पनि बताए । 

‘ललिता निवासको जग्गा प्रकरणका सम्बन्धमा छानविन होस्,सत्य–तथ्य सार्वजनिक होस्, दोषीलाई कडा कारवाही होस् भन्ने माग गर्छु । र, म आफु दोषी ठहर भएमा जुनसुकै कारवाही भोग्न तयार रहेको पनि स्पष्ट गर्न चाहान्छु’ पौडेलको भनाई छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...