राष्ट्रियसभाका अध्यक्ष भन्छन्, बैंक खाता नभएकाले कार्यालय सहयोगी र चालकको तलब आफैँ बुझेँ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कार्यालय सहयोगी र चालकको बैंक खाता नभएकाले तलब आफैँ बुझेको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष तिमल्सिनाले कर्मचारीको बैंक खाता नभएकाले आफैँले तलब बुझेको दाबी गरेका हुन् ।

यसअघि अध्यक्ष तिमल्सिनाले संसद सचिवालय सवारी चालक लिएर फेरि चालकका नाममा छुट्टै तलब बुझेको भन्ने समाचार सार्वजनिक भएको थियो ।

प्रेस विज्ञप्ती

‘चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष’ शिर्षकमा नयाँ पत्रिका दैनिकमा मिति २०७५ वैशाख २२ गते प्रकाशित समचार र सो समचारलाई तोडमोड गरी अन्य अनलाइन तथा सामाजिक सञ्जालमा सम्माननीय अध्यक्षज्यूको गरिमामा आँच पुग्ने गरी गरिएको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

संसदमा निर्वाचित भएर आउने पदाधिकारी तथा सदस्यज्यूहरुलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ ले पारिश्रमिक तथा सुविधाको व्यवस्था गरेको छ ।

उक्त ऐनको दफा ५ ले आफ्नो कार्यकालभरको निमित्त पदाधिकारी र सदस्यले स्वकीय सचिवालयको लागि अनुसूची २ मा उल्लेख भए बमोजिमको कर्मचारी सुविधा पाउनेछ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम सम्माननीय अध्यक्षज्यूको स्वकीय सचिवालयमा ८ जना कर्मचारी रहने व्यवस्था छ ।

संसदका पदाधिकारी र सदस्यज्यूहरुको स्वकीय कर्मचारीको पारिश्रमिक विगतका संसद, पुर्नस्थिापित व्यवस्थापिका संसद, पहिलो तथा दोस्रो संविधानसभा, रुपान्तरित व्यवस्थापिका संसद र संघीय संसदको निर्वाचनपछि पनि २०७५ पुष महिनासम्म सम्बन्धित पदाधिकारी र सदस्यहरुको खातामा नै जाने प्रचलन रहेको थियो ।

यसरी सम्बन्धित पदाधिकारी तथा सदस्यज्यूहरुले समष्टिमा प्राप्त रकमबाट स्वकीय कर्मचारीलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको यथार्थ सर्बविधितै छ ।

२०७५ पुषपछि संघीय संसद सचिवालयले पदाधिकारी तथा सदस्यज्यूहरुका स्वकीय कर्मचारीको पारिश्रमिक सम्बन्धित कर्मचारीकै बैंक खातामा जाने व्यवस्था मिलाउन सुरु गरेको हो ।

यसै क्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको सचिवालयमा कार्यरत स्वकीय कर्मचारीको पनि व्यक्तिगत बैंक खाता माग गर्ने र प्राप्त भएकाहरुको हकमा सम्बन्धित कर्मचारीकै खातामा रकम पठाउने व्यवस्था सुरु भइसकेको छ ।

तर, सचिवालयमा कार्यरत सवारी चालक र कार्यालय सहयोगीको बंैंक खाता उपलब्ध भइनसकेका कारण विगतमा जस्तै उनीहरुको पारिश्रमिक अध्यक्षज्यूको खातामार्फत भुक्तानी भएको हो । सवारी चालकको खाता नम्बर हालै प्राप्त भएको छ ।

पारिवारिक कारणले नागरिकता प्राप्त गर्न कठिनाई भोगिरहेको कार्यालय सहयोगीको हकमा बैंक खाता खोल्न सकिएको छैन । निजको नागरिकता बनाउन यस सचिवालयले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराइसकेको छ । उनीहरुको बैंक खाता प्राप्त हुनसाथ सोझै व्यक्तिको खातामा जाने प्रबन्ध हुनेछ ।

यो यथार्थलाई तोडमोड गर्दै संघीय संसद सचिवलायको भुक्तानी भरपाईलाई समेत पत्रिकाले आफ्नो अनुकूल परिमार्जन गरी सि नंं। १३ देखि १६ सम्मका दुई हलुका सवारी चालक र कार्यालय सहयोगीको पारिश्रमिक ‘सम्माननीयको खाता’ लेखिएको ठाउँमा श्री गणेशप्रसाद तिमिल्सिना लेखेर त्यही नै आधिकारिक भरपाई जसरी प्रस्तुत गरिएको छ ।

साथै यथार्थ नबुझि सो तथ्यलाई तोडमोड गरी पत्रिकाको साभार गर्ने नाममा अन्य अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा सो रकम सम्माननीय ज्यूले नै आफ्नो पकेटमा राखेको, चालक र कार्यालय सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब खाएको भनी गरेको कुप्रचार तथा पित पत्रकारिताप्रति खेद प्रकट गर्दछौं । यस्ता भ्रम तथा हल्लाका पछाडि नलाग्न सम्पूर्ण जनता तथा शुभ चिन्तकहरुमा आग्रह गर्दछौं ।

हेर्नुस् यो पनि 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...