नेता महन्थ ठाकुरको पश्नः नागरिता लिने भारतीय भए दिने गृह मन्त्रालय पनि भारतीय हो ?

पहाडमा जन्मेको भए नेपाली भन्ने सौभाग्य मिल्थ्यो’

 काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले नागरिकता लिन भारतीयहरुको लाइन लागिरहेको भन्ने हल्लाले आफूहरुले विभेद महशुस गरेको बताएका छन् । संसदमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले भने, मधेशमा नागरिकता बाँड्दा यस्तो खालका अफवाह फैलाइने भन्दै उनले प्रश्न गरे, ‘लिन त भारतीयको लाइन लागिरहेको छ ।

दिने कुर्सीमा को छ ? दिने कुर्सीमा पहाडी मुलका कर्मचारी नै हुने भन्दै अफवाह फैलाएर आफूहरुमाथि विभेद नगर्न आग्रह गरे। उनले नागरिकताको विषय आउने बित्तिकै श्वास रोकिने अवस्था आइरहेको आरोप लगाए। उनले भने, ‘अहिले पनि हामीले आफ्नै देशमा विदेशी भएको पीडा खेप्नु परिरहेको छ।’

उनले आफू मधेशी समुदायमा जन्मेका कारण हेपिनु परेको बताउँदै भने, ‘पहाडमा जन्मेको भए आफूलाई नेपाली भन्ने सौभाग्य मिल्थ्यो।’ उनले सिंहदरबारलाई निरंकुशताको जीवित रुपको संज्ञा दिएका छन्। सरकारका गतिविधि निरंकुश शासकका जस्तो देखिएको बताए ।  

सरकारले केही दिनअघि ल्याएको नीति तथा कार्यक्रमले आफ्नो घाउमा नुन छर्केको टिप्पणी गरेका हुन् । संविधानको विरोध गर्दागर्दै सर्वस्वीकार्य रहेको बताएर सरकारले बेइमानी गरेको उनको आरोप छ ।अहिले पनि लोकतन्त्रमा अधिकारको माग गर्दा गोली खाने अवस्था रहेको नेता ठाकुरको भनाइ छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...