गंगालालका चिकित्सकको लापरबाहीले फरक समूहको रगत चढाउदा बालिकाको मृत्यु

काठमाण्डौ । शल्यक्रिया गर्दा फरक समुहको रगत चढाइएको भनिएकी पाँच बर्षीया बालिकाको मृत्यु भएको छ ।  शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो ।

ओ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले ए पोजेटिभ रगत चढाएको परिवारले बताएका छन् । परिवारले चिकित्सकको लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएको छ ।

आकृतिको उपचारमा लापर्वाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका छन् ।  अस्पतालले भने घटनाको छानबिन भइरहेको बताएको छ ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...