फेसबुकले भिडियो च्याट एप बन्द गर्ने

काठमाडौँ । फेसबुकले भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेका हो । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ ।

फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ । फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’



प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...