प्रदेश १ राजधानी संरचना छर्ने प्रस्तावविरुद्ध विराटनगर बन्द, जनजीवन प्रभावित

अनिश्चितकालीन बन्द सहितको संघर्ष

विराटनगर । प्रदेश १ को संरचना स्थापनाबारे सत्तारुढ नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगर बन्द गरिएको छ । विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।  सोमबार बिहानैदेखि विराटनगर बजार ठप्प छ ।

अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु आन्दोलनमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ ।

नेकपाले विराटनगरलाई प्रदेश स्थायी राजधानी तोक्दै कार्यपालिका तथा व्यवस्थापिकाका संरचना वृहत् विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा लैजाने निर्णय गरेसँगै आन्दोलन शुरु गरिएको जनाएका छन् । वृहत विराट क्षेत्रअन्तर्गतको साटो संरचनाहरु विराटनगरमै राखिनुपर्ने माग जनस्तरबाट भएको छ । 

प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा राख्न नहुने र वृहत् विराट क्षेत्र  विकासको अवधारणा भनेपनि राजधानीका संरचना छर्न ल्याएजस्तो देखिएको कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बताए । उनले भने, ‘‘वृहत क्षेत्रमा राजधानी हामीलाई स्वीकार्य छैन ।’’

कार्कीले सदनमा समेत कांग्रेसले विरोध गर्ने बताए । प्रदेशसभामा नेकपा र कांग्रेसका सांसदले धनकुटा तथा विराटनगर राजधानी तोक्न आइतबार चारवटा प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायी र नेकपा विराटनगरसमेत संघर्षमा उत्रिएका छन् । दर्ता भएका प्रस्ताव सोमबार नै प्रदेशसभामा पेश हुनेछन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...