हुम्लामा झाडापखालाबाट तीन बालबालिकाको मृत्यु

सिमकोट । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर आठको राहदेउ फुचामा तीन जना बालबालिकाको मृत्यु भएको छ । केही दिन अगाडी गाउँमा फैलिएको झाडापखाला तथा ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएका बालबालिकाहरुको मृत्यु भएको हो ।

संचार संम्पर्क समेत हुन नसकेको उक्त गाँउमा तीन जना बालबालिकाको रुघाखोकी तथा झाडापखालाको कारण मृत्यु भएको स्थानीयले मौखिक खबर गरेको सर्केगार्डमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिरहेका भएका स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति लबी रावतले बताए ।

हाल मृतक बालबालिकाको नाम नखुलेको र चिकित्सक सहितको टोली सोमबार औषधी सहित त्यसतर्फ जाने तयारी गरी रहेको उनले बताए । अन्य बालबालिका पनि बिरामी रहेको खबर आएको बताए ।

यसै बीच जिल्ला अस्पतालका डाक्टर दुर्गा सुर्खालीको नेतृत्वको टोलीले सर्केगार्डमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ । दुई दिनसम्म संचालन भएको शिविरमा ३१२ जना बिरामीको उपचार गरिएको सम्पर्क व्यक्ति रावतले बताए । 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...