किन विवाहित महिलाले बढी मदिरा पिउँछन् ? यस्तो छ कारण

काठमाडौं । रक्सीलाई विभिन्न समय अनुसार विभिन्न उपनाम जस्तैः सोमरस, अङ्गुरको छोरी उपनाम दिईने गरिन्छ । जसले जे उपमा दिए पनि रक्सी यस्तो मादक पदार्थ हो, जसको अधिक सेवनपछि मान्छेको मस्तिष्क ठीक ठाउँमा रहँदैन ।

रक्सीको पिउने चलन प्राचीनकालदेखि नै कुनै न कुनै रूपमा भइरहेको पाइन्छ । रक्सी सेवनकै कारण विश्वभरि प्रत्येक वर्ष लगभग ३३ लाख मानिसको मृत्यु हुन्छ भने रक्सी सेवनका कारण दुई सयभन्दा बढी रोग लाग्न सक्छ ।

रक्सीको आनन्द रिक्सा चलाउने मजदुरदेखि उच्च ओहदाको अधिकृत र राजनीतिज्ञले समेत लिइरहेका हुन्छन् । त्यसकमा पनि विवाहित महिलाले बढि रक्सी किन पिउँछन् ? यो एउटा गहन प्रश्न पनि हो । 

विवाहपछि महिलाहरुलाई घर व्यवहारले च्याप्छ । त्यसकारण महिलाहरु बढि व्यवहारिक हुन्छन् र अल्लारे प्रवृत्ति छाड्छन् भन्ने हामी सबैको अनुमान हुनसक्छ । तर अरु विषयमा जे होला, रक्सी पिउने मामिलामा भने बिहे गरेपछि महिला झनै अल्लारे बन्छन् ।

पछिल्लो पटक गरिएको एक अध्ययनले विवाहपछि महिलाले बढि मदिरापान गर्ने देखाएको छ । अध्ययनअनुसार विवाहित महिलाले अविवाहित महिला तथा डिभोर्स गरेका महिलाले भन्दा बढि मदिरापान गर्छन् ।

तर पुरुषहरुको मामिलामा भने ठ्याक्कै उल्टो हुन्छ । अर्थात् विवाहपछि पुरुषहरुको रक्सी खाने दर केही घट्छ । वास्तवमा महिलाहरुले विहेपछि रक्सीको दर बढाउनुको कारण आफ्नो पार्टनरको दाँजोमा पुग्ने प्रयास गर्नु हो । उता विवाहित पुरुषले पनि कम रक्सी खाने आफ्नी पार्टनरको दाँजोमा पुग्न रक्सीपानको मात्रा घटाउँछ ।

अमेरिकाको सिन्सीनाटी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार डिभोर्सपछि भने पुरुषको रक्सी खाने दर ह्वात्तै बढ्छ । तर अचम्म मान्नु पर्दैन कि ‘जब दम्पतीले सँगै एक वा दुईवटा मदिराको बोतल खोलेर खान सुरु गर्छन्, त्यसबेला बुझ्नुपर्छ श्रीमतीले श्रीमानले भन्दा बढि रक्सी स्वात्तै पारिदिन्छिन्’, अध्ययनकर्ता एमीली रोविन्सनको भनाइ छ । स्मरण रहोस् यो अध्ययनको प्रतिवेदन अमेरिकन सोसियोलोजिकल एसोसिएसनमा प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस