प्रिमियर लिग चरण सकिएर प्लेअफको समीकरण पूरा

काठमाडौं । इण्डियन प्रिमियर लिगअन्तर्गत लिग चरण सकिएर प्लेअफको समीकरण पूरा भएको छ । मुम्बइ इण्डियन्स, चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल्स प्लेअफमा पुग्न सफल भएका छन् । शीर्ष तीनवटा टिमको समान १८ अंक छ । 

प्रत्यक टिमले १४ खेल पूरा गरेका छन् । आइतबार जित हात पारेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नइ पञ्जाबसँग पराजित भएका कारण दोस्रो स्थानमा झरेको छ ।

दिल्ली क्यापिटल्स भने इलिमिनेटर खेल्ने भएको छ । जम्मा १२ अंक बनाएर प्लेअफमा पुग्न सफल अर्को टिम हो, हैदराबाद । कोलकाता नाइट राइडर्स मुम्बइ इण्डियन्ससँग पराजित भएपछि हैदराबादको भाग्य चम्किएको हो । उसले कोलकातालाई रनरेटमा पछि पार्दै प्लेअफको मौका पायो ।

लिग चरणको अन्तिम खेलमा मुम्बइले कोलकातालाई नौ विकेटको भारी अन्तरले हरायो । उसले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो । जसलाई मुम्बइले १६.१ ओभरमै एक विकेटको क्षतिमा प्राप्त गर्‍यो । मुम्बइका लागि क्वीन्टन डिककले ३०, रोहित शर्माले अविजित ५५ र सूर्यकुमार यादवले अविजित ४६ रनको योगदान दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...