आज विश्व हाँसो दिवस, मज्जाले हास्नुस्

काठमाडौं । हास्दा त्यसै पनि स्वास्थ्यका लागि हितकर हुन्छ । त्यसमा पनि आज विश्व हाँसो दिवस हो । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्‍याउने योग विज्ञको भनाइ छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ ।

भारतको मुम्बईका डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन थालिएको थियो । उनकै पहलमा हाँसोमा आधारित योगामार्फत हाँसो दिवसका रुपमा मनाउन सुरु भएको थियो । 

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।


प्रतिकृया दिनुहोस