प्रदेश राजधानी धनकुटा राख्ने पक्षमा प्रस्ताव पेश नगरे सार्वजनिक रुपमा बहिष्कार गर्ने चेतावनी

धनकुटा । प्रदेश नं. १ को राजधानीको माग गर्दै आएका धनकुटेलीले प्रदेशसभाको बैठकमा धनकुटालाई प्रदेश राजधानी हुने प्रस्ताव पेश गर्न आग्रह गरेका छन् । उनीहरुले धनकुटाबट प्रतिनिधित्व गर्ने सांसदहरुले सो प्रस्ताव पेश नगरे सार्वजनिक रुपमा बहिष्कार गर्ने घोषणा पनि गरेका छन् । 

धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै लामो समयदेखि आन्दोलन हुँदै आएको छ । पछिल्लो समय धनकुटामा दिनहुँ प्रदर्शन हुँदै आएको छ । शनिबारको प्रदर्शनमा सहभागीहरुले धनकुटाबाट प्रतिनिधत्व गर्ने सांसदहरुलाई प्रदेश सभाको बैठकमा धनकुटालाई प्रदेश राजधानी बनाउने प्रस्ताव पेश गर्न आग्रह गरेका छन् ।

धनकुटालाई प्रदेशको राजधानी बनाउने उद्घोष गर्दै धनकुटामा निस्किएको सदभाव ¥यालीले धनकुटा बजारका विभिन्न भागहरुको परिक्रममा गरी मदन चौकमा आयोजित सदभाव सभामा धनकुटेलीहरुले धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो प्रस्ताव पेश नगरे सार्वजनिक रुपमै बहिष्कार गर्ने चेतावनी पनि दिएका हुन् । 

सो सभामा नेकपा धनकुटाका सचिव ऋषिराम ढंगानाले आफ्नो जन्मभूमी र कर्मभूमी धनकुटा भएकाले धनकुटाको भविष्यको लागि पनि प्रदेश सभा सदस्यहरुले पार्टीको  निर्देशन नमानी धनकुटाका पक्षमा लाग्नुपर्ने बताए । उनले प्रदेश सभाका सदस्यहरुले जसरी भए पनि धनकुटालाई  १ नम्वर प्रदेशको राजधानी बनाउने प्रस्ताव दर्ता गर्न आग्रह गरे । 

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यहरुले धनकुटालाई राजधानी बनाउने प्रस्ताव दर्ता नगरे धनकुटामा उनीहरुको राजनैतिक भविष्य समाप्त हुने भएकोले धनकुटाको भविष्यका लागि भए पनि प्रस्ताव दर्ता गर्न प्रदेश सांसदहरुलाई आग्रह गरे । 

धनकुटा जिल्ला विकास समितिका संयोजक टंकबहादुर चुवानले धनकुटालाई राजधानी बनाउन अव अन्तिम र निर्णायक अभियान संचालन गर्नुपर्ने बताए । 

प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरवाबु श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको सभामा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले अबको आन्दोलन निर्णयक हुने बताउँदै सवै किसिमले प्रदेश १ को राजधानी उपयुक्त रहेको दावी गर्दै त्यसका लागि एक हुन आग्रह गरे । 

प्रतिकृया दिनुहोस