बिहे गर्ने केटाकेटी, वडाध्यक्षको हातबाट कुटाई खाने गाउले !

महोत्तरी । विवाह गर्ने केटाकेटी, कुटाई खाने अरु । त्यसमा पनि वडाध्यक्षको हातबाट । यो सुन्दै अचम्म लाग्ने कुरा हो । तर, केटी भगाएको भन्दै महोत्तरीको सोनमा गाँउपालिका –१ मा दुई जनामाथि निर्घात कुटपिट भएको छ ।

सोनमा गाँउपालिका –१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउन सहयोग गरेको भन्दै गाउँका शंकर साह र सुधिर साह वडा कार्यालयकै परिसरभित्रै कुटिएका छन् । 

वैशाख १८ गते भएको सो घटना मिलाउन आयोजित पञ्चायत भइरहेको समयमै वडा कार्यालयकै परिसर भित्रबाट केही व्यक्तिहरुले कुटपिट गरेको पीडित शंकर साहले बताए । पीडित साहले वडाअध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातखुटा बाँधी निर्घात कुटपिट गरेको बताए । 

भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका प्रमुख यादवले चेतावनी दिएको भन्दै साहले दुखेसो पोखे । घटनाको इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता पनि भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...