गार्खा बारपाकी महिलालाई लाहुरे र आफन्तको कोशेली ‘टुकु

बारपाकका सबैजसो महिलाहरूको आङमा देखिन्छ टुकु। टुकु अर्थात् पछ्यौरी। बर्को वा खास्टो भनेर पनि चिनिन्छ।बारपाकका महिलाहरूले ओढ्ने टुकु चारकुने लाम्चो आकारको टुकु शरीरमा फनक्क फन्को मारेर वा फेर बेरेर ओढिन्छ।

टुकु  नेपालमा बनेका होइनन्। उनीहरूलाई विदेशिएका आफ्ना‍ लाहुरे आफन्त तथा साथीहरूले ल्याइएको कोशेली हो।


बारपाक लाहुरेहरूको गाउँ भन्दा हुन्छ। यहाँका धेरै युवा भारतीय र बेलायती सेनामा कार्यरत छन्। हरेक घरधुरीमा कम्तीमा एक लाहुरे हुन्छन्।


लाहुरेहरूले घर आउँदा वा कोही साथीभाइको हातमा आफ्ना घरपरिवारलाई मायाको चिनो स्वरुप भारतदेखि, हङकङ र बेलायतसम्मबाट ल्याइदिन्छन्।


टुकु ओढ्नु बारपाकमा चलन नै बनिसकेको छ। बिहेबारी, भोज लगायत रमाइला पर्वमा उपहार स्वरूप पनि दिने चलन रहेको छ । 


टुकु जुन कपडाको बन्छ त्यसको चलन स्कटल्याण्डमा धेरै छ। स्कटिश भाषामा यो कपडालाई ,भनिन्छ जुन स्कटल्याण्डको राष्ट्रिय पोशाक हो।


विश्वयुद्ध समयमा नेपाली गोरखा रेजिमेन्ट र स्कटिश रेजिमेन्ट सँगै काम गरेका थिए। त्यतिबेला सम्मान स्वरुप गोरखा रेजिमेन्टले डग्लेस टार्टन पहिरिएका थिए। सोही समयदेखि बिदेशिएका उही नेपालीहरूले यो कपडा नेपाल भित्र्याउन थालेको मानिन्छ।

टार्टन विशेषगरी कोठे(कोठे बुट्टा भएको हुन्छ। टार्टनको नाम बारपाकसम्म पुग्दा टारन टुकु भएको मानिन्छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...