मकवानपुरमा तीन वटा ट्रक आपसमा ठोक्किँदा १० जना घाइते, तीनको अवस्था गम्भीर

हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरमा तीन ट्रक एक आपसमा ठोकिँदा १० जना घाइते भएका छन् । घाइतेमध्य तीन जनाको अवस्था गम्भिर रहेको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकै साथ ठोकिँएका हुन् । 

हेटौँडाबाट नारयाणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्। दुई ट्रक ठोक्किएपछि नारायणगढबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएको हो। दुर्घटना शनिबार बिहान साढे ९ बजे भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइतेहरुको उद्धार गरी ६ जनालाई उपचारका लागि भरतपुर पठाइएको र चार जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । घाइतेको नामावली प्राप्त हुन सकेको छैन । घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु पनि छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...